एजेन्सी – साउदी अरबमा आगामी बिहीबारदेखि लकडाउनमा  खुकुलो बनाउने निर्णय गरिएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार मक्का सहर छाडेर पूरै देशमा कर्फ्यु हटाइने भएको छ ।


ADVERTISEMENT


यद्यपि, मक्कामा कर्फ्यु हटाउने निर्णय जुन २१ बाट लागु हुने बताइएको छ । यस्तै मे ३१ बाट घरेलु उडानहरूमा लगाइएको रोक र मस्जिदहरूमा नमाजमा लगाइएको प्रतिबन्ध पनि हट्ने भएको छ ।


ADVERTISEMENT

# # #


कर्फ्यु हटाइने निर्णय लागु भएसँगै माननिसहरूलाई सार्वजनिक र निजी कम्पनीका कार्यालयमा काममा जाने अनुमति पनि दिइने बीबीसीले जनाएको छ ।

मक्कामा कर्फ्यको समय दिउँसो ३ बजेबाट बिहान ६ बजेसम्म तय गरिएको छ ।