वीरेन्द्रनगर — कर्णालीमा मंगलबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार पुष्टि भएका सबैजना सुर्खेतका हुन् । १० जना वीरेन्द्रनगर नगरपालिका र २ जना सिम्ता गाउँपालिका रहेका कर्णाली प्रदेश अस्पतालका अस्पताल निर्देशक डा. डम्बर खड्काले बताएका छन् ।


ADVERTISEMENT


बबई र सुब्बाकुना नाका तथा खुलामञ्चस्थित क्वारेन्टाइनबाट  लिइएका स्वाबको पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ देखिएको हो । अब कर्णालीमा कुल संक्रमित संख्या २३ जना भएको छ ।


ADVERTISEMENT

# # #


डा. खड्काले कर्णालीको अवस्था भवावह बन्दै गएको भन्दै समयमै बोर्डरमा क्वारेन्टाइनको जिम्मा नेपाली सेनालाई दिन नेपाल सरकारलाई आग्रह गरेका छन् । पछिल्लो समय भारतबाट भित्रिएका व्यक्तिहरुमा संक्रमण देखिएको छ ।