काठमाडौँ – नेपालमा थप ९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमण देखिनेहरुमा झापामा ८ जना पुरुषहरुः १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षीय रहेका छन् । उनीहरु सबै कचनकवलको लक्ष्मी देवकोटा मावि क्वारेन्टइनमा रहेका छन् । यस्तै रुपन्देहीका २७ वर्षीय १ पुरुषमा पनि कोभिड–१९ पोजेटिभ देखिएको छ ।  उनी हाल रुपन्देहीको श्रीलंकन गेस्टआउस क्वारेन्टाइन लुम्बिनीमा रहेका छन् ।


ADVERTISEMENT

# # #


पोजेटिभ देखिएका सबैको स्थायी ठेगाना र हालको ठेगाना अनुसार कन्ट्रयाक्ट ट्रेसिङ गर्ने काम स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट सुरु भएको प्रवक्ता डा. देवकोटाले बताए ।

यससंगै नेपालमा संक्रमितको संंख्या ४५३ पुगेको छ । कुल संक्रमितमध्ये ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोककी २९ वर्षीय महिला र बाँकेका एक युवक रहेका छन् भने आजै गुल्मीमा ४१ वर्षीय पुरुषको रुपन्देहीको क्रिमस अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।

४९ जना उपचारपछि निको भएका छन् भने बाँकीको देशका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।