न्यु-योर्क । गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले निशुल्क खाद्य सामग्री वितरण कार्यक्रम तेस्रो पटक आज भव्यता का साथ सम्पन्न गरेको छ। न्यु-योर्क शहर को ब्रुक्लिन बोरो प्रेसिडेन्ट एरिक अडाम्स सँग सहकार्य गरी निशुल्क वितरण फाउण्डेशनको कार्यालय अगाडि वाट गरियो, कार्यालय न्यु(योर्कको ज्याक्सन हाईट्स मा अवस्थित छ।
प्रेसिडेन्ट एरिक अडाम्स ले यसै फाउण्डेशन लाई २०० ब्याग स्वस्थ खानेकुरा (Dry Foods) सहयोग स्वरुप प्रधान गर्नु भएको थियो।
आज बिहान अकस्मात् प्रेसिडेन्ट एरिक अडाम्सले ट्रक नै पठाई फाउण्डेशन को कार्यलय अगाडी डेलिभरि गराइ सहयोग गर्नु भयो र खाद्य सामग्रीहरु वितरण लाईन अनुसार क्रमशस् ६ फीट को दुरी मा लाईन लागेर प्रथम प्रथमतः का आधारमा नेपाली लगाएत विभिन्न समुदाय का मानिसहरु गरी २०० जनालाई उपलब्ध गराएको जानकारी गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले जानकारी गराउनु भयो।
फाउण्डेशन को निशुल्क खाद्य सामग्री वितरण कार्यक्रममा तन,मन र बचन दिएर खटने स्वयंसेवकहरु क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवम् समुदाय सम्बन्ध निर्देशक छिरिङ्ग राप्के लामा, केन्द्रीय सदस्य द्वय प्रेम पौडेल र सुर्य सीमखडा हुनुहुन्थीयो।
गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका ब्रुक्लिन बोरो प्रेसिडेन्ट एरिक अडाम्स लाई धन्यवाद एवम् हार्द्वीक आभार प्रकट गर्दछ।


ADVERTISEMENT