काठमाडौँ — महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत दुई जना प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको छ । कोरोनाको पुष्टि भएपछि कालिमाटी वृत्त र त्यहाँ भित्र रहेको महिला सेल र ट्राफिक प्रहरी कार्यालय, बल्खु, स्युचाटारमा रहेको कार्यालयलाई सिल गरिएको छ ।


ADVERTISEMENT


महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले कालिमाटी वृत्तमा कार्यरत प्रहरीलाई कोरोनाको संक्रमण देखिएको पुष्टि गरे । उनका अनुसार सई र जवानमा संक्रमण देखिएको हो ।


ADVERTISEMENT

# # #


उनले दिएको जानकारी अनुसार अहिले कालिमाटी वृत्त र सो मातहत रहेका दुई सय ५० जनालाई आइसोलेसनमा राखेर कार्यालय सिल गर्ने काम भइरहेको छ । यस्तै सो स्थानको नियमित कामका लागि थप प्रहरी परिचालन गर्ने निर्णय भएको छ ।