काठमाडौँ – अन्तर्राष्ट्रिय मञ्चमा नेपालबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिले अङ्ग्रेजीमा आफ्नो मन्तव्य दिने गरेकामा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले विश्व स्वास्थ्य सङ्गठनको ७३औँ विश्व स्वास्थ्य महासभालाई नेपाली भाषामा नै सम्बोधन गरेका छन् ।


ADVERTISEMENT


यसपटक कोभिड–१९ को कारणले स्विट्जरल्यान्डको जेनेभामा भएको महासभामा उनले गएराति नेपाली भाषामा सम्बोधन गरेको मन्त्रालयका विज्ञ सल्लाहाकार डा खेम कार्कीले जानकारी दिए । “मन्त्रीज्यूले आफ्नो भाषामा महासभालाई सम्बोधन गरे के हुन्छ भनेर हामीलाई सोध्नुभयो”, उनले भने, “हामीले पनि विभिन्न अन्तर्राष्ट्रिय अभ्यास हेर्दा हुन्छ भन्यौ ।”


ADVERTISEMENT

# # #


यसअघिका महासभामा नेपालबाट सहभागी मन्त्रीले अङ्ग्रेजीमा नै सम्बोधन राख्ने गरेका थिए । अन्तर्राष्ट्रिय मञ्चमा चीन, भारतलगायत देशले आफ्नो भाषा प्रयोग गर्ने गर्दछ । सम्बोधनका क्रममा उनले कोभिड–१९ विरुद्धको विश्व एकतालाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्ने बताएका थिए ।

सोमबारदेखि शुरु भएको महासभा आज राति सकिँदैछ । कोभिड–१९ को कारणले महासभा यसपटक भर्चुअल भएको थियो ।