काठमाडौँ । भारतीय वित्त मन्त्री निर्मला सीतारमणले बिहिबार दोस्रो चरणको जानकारी दिँदै २० लाख करोड भारतीय रुपैयाँको राहत प्याकेज ल्याएकी छन् । वित्त मन्त्रीले आप्रवासी मजदूर, स्ट्रीट भेन्डर, साना व्यापारी र किसानको लागि यो महत्वपूर्ण राहत घोषणा गरेकी हुन् ।
साना किसानको लागि प्रदान गरिने कर्जामा व्याज छूटलाई ३१ मेसम्म बढाइएको छ । घर फर्किरहेका आप्रवासी मजदूरलाई सरकारले काम दिनेछ । उनीहरुलाई सरकारले २ महिनासम्म ५ किलो गहुँ वा चामल प्रतिव्यक्ति र १ किलो चना प्रति परिवार निःशुल्क दिनेछ । अगष्टसम्म देशमा एक देश-एक राशन कार्ड लागू हुनेछ जसले ६७ करोड गरिबलाई फाइदा हुने सरकारले बताएको छ ।
यस्तै मेगा प्याकेज अन्तर्गत प्रवासी मजदूर र शहरी गरिबलाई भाडामा घर दिने योजना छ । उद्योगपति जो घर बनाउँछन उसलाई छुट दिने पनि योजनामा छ । स्ट्रीट भेन्डरलाई ५००० कारोड रुपैयाँको विशेष क्रेडिट सुविधा मिल्ने सरकारको योजनामा छ । यस्तै राहत प्याकेजमा साना व्यवसायीलाई मुद्रा शिशु लोन अन्तर्गत ५० हजार सम्म लोनमा २ प्रतिशत व्याजदरको स्किम भारत सरकारले ल्याएको छ ।


ADVERTISEMENT