हामीले काली नदीको पश्चिमी भागमा सडक निर्माण गरेका हौं”


ADVERTISEMENT


काठमाडौँ — भारतीय सेनाका प्रमुख जनरल एमएम नराभनले लिपुलेकको विषयमा कुनै विवाद नभएको भन्दै भारतले नेपाली भूमिमा अतिक्रमण गरेर सडक निर्माण नगरेको दाबी गरेका छन् ।
मनोहर पारिकर इन्टिच्युट फर डिफेन्स इस्टडिज र एनालाइसिस (एमपी–आईडीएसए) आयोजनामा शुक्रबार भारतको नयाँ दिल्लीमा ‘कोभिड र भारतीय सेनाः प्रतिक्रिया र पछाडी’ नामक छलफल कार्यक्रममा भारतीय सेनाका प्रमुख नराभनले भारतले आफ्नै भूमिमा सडक निर्माण गरेको र त्रिदेशीय विन्दुको विषयमा अहिले पनि विवाद नभएको दाबी गरेका हुन् ।
भारतीय सेना प्रमुखले लिपुलेकको विषयमा कुनै विवाद नरहेको बताएको भारतका सञ्चारमाध्यमहरु इन्डियन एक्सप्रेसहित अन्य मिडियाले लेखेका छन् ।
‘हामीले काली नदीको पश्चिमी भागमा सडक निर्माण गरेका हौं । नेपालले काली नदीको पूर्वी भागलाई आफ्नो भू-भाग भनेर स्वीकार गरेको हो । त्रिदेशीय विन्दुको सम्बन्धमा त्यहाँ अहिले पनि विवाद रहेन,’उनले भने ।
उनले त्रिदेशीय विन्दु (नेपाल–भारत–चीन)मा कहिले पनि समस्या नभएको दाबी गरेका छन् । उनको कार्यक्रममा चीनकै नाम नलिए पनि चीनको इशारामा नेपालले यो मुद्दा उठाएको हुन सक्ने उल्लेख गरेको भारतीय मिडियाहरुले लेखेका छन् ।
कार्यक्रममा जनरल नराभनलाई भारतीय जल सेनाका अवकाश प्राप्त उपप्रमुख शेखर सिन्हाले ‘नेपालले किन लिपुलेकमा बनेको हाम्रो सडकलाई लिएर विरोध गरिरहेका छन् ? किन उनीहरुले बोर्डर क्षेत्रमा आएर बोर्डर पोष्ट खडा गरेका छन्रु’ भन्ने प्रश्न गरेका थिए । साथै, सिन्हाले लिपुलेक र केहि समय यता भारत र चीन बीच लद्दाख र सिक्किममा भएको द्वन्द्वबीचको कुनै सम्बन्ध भएको वा नभएको बारेमा प्रश्न गरेका थिए ।


ADVERTISEMENT

# # #