नयाँ दिल्ली — भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जारी लकडाउन बढ्ने संकेत गरेका छन् । मंगलबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले नयाँ नियमसहित ‘लकडाउन–४’जारी रहने बताएका हुन् ।


ADVERTISEMENT


कोरोना भाइरस (कोभिड–१९) संक्रमित र मृतक संख्या निरन्तर बढेपछि उनले १८ मेबाट चौथो चरणको लकडाउन जारी हुने र अबको लकडाउन नयाँ स्वरुपको हुने पनि बताएका छन् । पछिल्लो पटक लम्ब्याइएको लकडाउन १७ मेमा सकिँदैछ ।


ADVERTISEMENT

# # #


यसैबीच राष्ट्रको नाममा गरेको सम्बोधनमा प्रधानमन्त्री मोदीले कोरोना प्रभावित क्षेत्रका लागि विशेष आर्थिक प्याकेजको पनि घोषणा गरेका छन् । उनले श्रमिक र किसानका लागि २० लाख करोडको भारतीय मुद्रा आर्थिक प्याकेजको घोषणा गरेका हुन् । यो रकम भारतको कुल ग्राहर्स्थ उत्पादनको १० प्रतिशत रकम हो ।