काठमाडौं –  काठमाडौंमा देखिएका कोरोना संक्रमित दुई महिला कञ्चनपुर र सुनसरीबाट आएको थाहा भएको छ । स्रोतले दिएको जानकारीअनुसार एकजना महिला कञ्चनपुरबाट अर्की महिला सुनसरीबाट काठमाडौं आएका थिए ।


ADVERTISEMENT


कञ्चनपुरबाट आएकी महिला काठमाडौं चन्द्रागिरि नगरपालिकाकी भएको बताइएको छ भने अर्की महिला सुनसरी घरमा पुगेर आएकी थिइन् । अर्का एक पुरुषको ट्राभल हिस्ट्री केही खुलिसकेको छैन । तीनैजना अहिले टेकु अस्पतालमा छन् ।


ADVERTISEMENT

# # #