काठमाडौँ — गृहसचिव महेश्वर न्यौपानेले मंगलबार साँझ नागढुङ्गा नाका अनुगमन गरेर प्रहरीलाई बाहिरका जिल्लाबाट उपत्यका प्रवेश गर्नलाई सम्बन्धित जिल्ला प्रशासनले गृहमन्त्रालयको स्वीकृतिमा जारी गरेको पासलाई मात्रै मान्यता दिन निर्देशन दिएका छन् ।


ADVERTISEMENT


‘कुन पासलाई मान्यता दिने भन्ने प्रहरीलाई अन्योल रहेछ,’ उनले भने, ‘स्थानीय तह र अरुले दिएको पास मान्यता नदिनु, आइडी कार्ड झुण्ड्याएर पनि छिर्ने रहेछन् । यस्तालाई पनि फर्काउनु भनेर निर्देशन दिएको छु ।’


ADVERTISEMENT

# # #


खत्रीपौवासम्म पुगेर नाकामा थप कडाई गरी उपत्यका भित्रिने सवारीलाई कडाई गर्न उनले प्रहरीलाई निर्देशन दिएका हुन् ।

गृह मन्त्रालयले बुधबार नै एक परिपत्र जारी गरि यसअघि अन्तर जिल्ला यात्राका लागि जारी भएका सबै पास जेठ १ गतेबाट खारेज गरिएको बताएको छ । यस्तै बिहीबारदेखि एक जिल्लाबाट अर्को जिल्लामा जान दुवै जिल्ला प्रशासनको अनुमति आवश्यक पर्नेछ भने काठमाडौं उपत्यका प्रवेशका लागि गृहको स्वीकृति चाहिने छ ।