काठमाडौँ — संसद् चलिरहेका बेला विभिन्न जिल्लामा कोरोना भाइरसबाट संक्रमण बढ्दै गएपछि स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर संघीय संसद्का सबै सांसदलाई काठमाडौं उपत्यका छाडेर बाहिर जान रोक लगाइएको छ ।


ADVERTISEMENT


संसद् बैठक सञ्चालन हुनुअघि सचिवालयले सबै सांसदको पीसीआर विधिबाट कोभिड–१९ को परीक्षण गराएको थियो । सबैको रिपोर्ट नेगेटिभ आएको छ । पछिल्लो समय विशेषत: भारतीय सीमा जोडिएका जिल्लाहरूमा संक्रमितको संख्या ह्वात्तै बढेपछि सांसदहरूलाई काठमाडौं बाहिर नजान सूचित गरिएको हो ।


ADVERTISEMENT

# # #