काठमाडौँ – चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा देजकुमार गौतमलाई नियुक्त गरिएको छ ।


ADVERTISEMENT


काठमाडौँमा आज बसेको अस्पताल सञ्चालक समितिको बोर्ड बैठकले उनलाई नियुक्ति गरेको बोर्ड सदस्य निशा अधिकारीले जानकारी दिइन् ।


ADVERTISEMENT

# # #


नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीको संयोजत्वमा गठित सिफारिस समितिले डा गौतमलाई सो पदमा सिफारिस गरेपछि बोर्डले नियुक्त गरेको बोर्ड सदस्य डा अधिकारीले बताए।

सोही अस्पतालमा कार्यरत वरिष्ठ चिकित्सक गौतमलाई तीन वर्षका लागि नियुक्त गरिएको हो । बोर्ड सदस्य डा अधिकारीका अनुसार उनले आजै शपथग्रहण गरेका छन् ।