काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमाल दाहाल ‘प्रचण्ड’ले आवश्यक गृहकार्य नपुगेका कारण पार्टीको स्थायी कमिटिको बैठक स्थगित गर्नु परेको बताएका छन् ।


ADVERTISEMENT


बिहीबार संघीय संसद सुरु हुनुअघि कोरोना परीक्षणका लागि नयाँ बानेश्वरस्थित संसद भवन पुगेका प्रचण्डले सञ्चारकर्मीसँग बोल्दै आवश्यक तयारी गरेर एकदुई भित्र स्थायी कमिटीको बैठक बोलाउने जानकारी दिए । ‘अलि गृहकार्य नपुगेकै हो मुख्य रुपमा । दुईवटा अध्यक्षले छलफल गरेर एकदुई दिनभित्र हामी बोलाउँछौँ’ उनले भने ।


ADVERTISEMENT

# # #


बुधबार बोलाइएको सचिवालय बैठकले स्थायी कमिटी बैठकका एजेण्डा तय गर्न नसकेको भन्दै वैशाख २५ का लागि बोलाइएको बैठक नेकपाले स्थगित गरेको थियो । स्थगित बैठक कहिले बस्छ भन्ने विषय अनिश्चित छ ।

यहीबीच, धुम्बाराहीमा बिहीबार भेला भएका २० नेताले तत्काल स्थायी समिति बैठक बोलाउन माग गरेका छन् ।

संसद सुञ्चालनको तयारी राम्रो

प्रचण्डले कोरोनाका कारण रोकिएको संसघीय संसदको अधिवेशन सञ्चालनका लागि राम्रो तयारी भएका बताएका छन् । शुक्रबारदेखि सुरु हुने बजेट अधिवेशनका लागि सामाजिक दूरीसहितको सिट व्यवस्थापन गरिएको उनले बताए ।

उनले आवश्यक व्यवस्था गरेकाले संसद बैठक ढुक्क सँग बस्न सकिने बताए । ‘पहिले एक सिट छोडेर बस्ने भन्ने थियो अहिले दुई सिट छोडेर बस्ने, प्रधानमन्त्रीका लागि दुईवटा रो नै छोड्ने र बाल्कोनी पनि प्रयोग गर्ने बनाउनु भएको छ ।’ उनले भने, ‘सेनिटाइजिङ लगायतका प्रक्रिया पनि राम्रैसँग भएको र ढुक्कसँग बैठक बस्न सकिने वातावरण बनेको मैँले महसुस गरेँ ।’

संसद बैठकभित्र प्रवेश गर्दा सांसदहरुले आफूलाई कोरोना संक्रमण नभएको प्रमाणपत्र देखाउनुपर्ने लगायतका मापदण्ड प िनसंसद सचिवालयले बनाएको छ । बिहीबार मात्रै कोरोना परीक्षणका लागि प्रतिनिधिसभा सदस्य १७० र राष्ट्रियसभा सदस्य ३३ जनाको स्वाब संकलन गरिएको छ ।

बैठक शुक्रबार (भोलि) अपरान्ह ४ बजे बस्दैछ ।