काठमाडौँ – आइएमएस ग्रुपले नेपाल पत्रकार महासंघलाई ७ हजार थान सर्जिकल मास्क हस्तान्तरण गरेको छ । आईएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्राले महासंघको सिनामंगलस्थित केन्द्रिय कार्यालयमा पुगेर मास्क हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT


विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) का कारण जारी गरिएको लकडाउनमा पनि आफ्नो कार्य र कर्तव्य गर्दै देशको सेवा गर्ने पत्रकारहरुको हौसलाका लागि मास्क हस्तान्तरण गरिएको ग्रुपले जनाएको छ । ग्रुपले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सकयोग गरेको हो ।


ADVERTISEMENT

# # #


आइएमएस ग्रुप एक स्थानीय समूह हो । जसको अन्तर्गत २० भन्दा बढी कम्पनीहरु छन् । आईएमएस नेपालमा सामसुङ स्मार्टफोनको राष्ट्रिय वितरक हो । सन् १९९८ मा आधिकारिक रूपमा मोबाइल फोन आयात गर्ने यो नेपालको पहिलो कम्पनी हो । कम्पनीले विगत २७ बर्षमा विशाल उन्नती गरेको छ । जुन आईएमएस ग्रुपको कम्पनीहरूको संख्याबाट स्पष्टसँग देख्न सकिन्छ ।

कम्पनीले लक्जरी कोरियाली अटोमोबाइल ब्रान्ड साङ्योङ्गको डिलरसिप पनि प्राप्त गरेको छ र हालसालै नेपालका लागि डक्टरब्राउन, क्रेन, हिमालय, बीबी लभ, एनर्जाइजर र डीजिआइ जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूको डिलरशिप पनि प्राप्त गरेको छ । यसले शिक्षा, बैंकि, निर्माण, कृषि र अन्य धेरैमा आफ्ना सेवाहरू विस्तार गरेको छ ।