काठमाडौं – भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या एक हजार १४७ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ७३ जनाको मृत्यु भएको हो ।


ADVERTISEMENT


कोरोना भाइरसबाट संक्रमितको संख्या पनि ३५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका एक हजार नौ ९९३ नयाँ संक्रमित फेला परेका छन् । यससँगै समग्र संक्रमितको संख्या ३५ हजार ४३ पुगेको छ ।


ADVERTISEMENT

# # #