भारत- पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित ४७ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ४७ जना संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ ।


ADVERTISEMENT


योसँगै भारतमा कोरानाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच सय ९० पुगेको छ । स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले पछिल्लो २४ घण्टामा थप १३ सय ३६ बिरामी थपिएका जनाएको छ ।


ADVERTISEMENT

# # #


भारतमा मंगलबार बिहानसम्म संक्रमितको संख्या १८ हजार छ सय एक पुगेको छ । जसमध्ये १४ हजार सात सय ५९ जानको विभिन्न अस्पतालहरुमा उपचार जारी छ भने तीन हजार दुई सय ५२ जना उपचारपछि घर फर्किएका छन् ।