एजेन्सी –  अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ हजार ९४ पुगेको छ ।अहिलेसम्म अन्य मुलुकभन्दा अमेरिकामा संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै रहेको बीबीसीले जनाएको छ । अमेरिकामा अन्य मुलुकहरू भन्दा बढी संक्रमित पनि छन् ।


ADVERTISEMENT


बीबीसीका अनुसार अमेरिकामा संक्रमितको संख्या सात लाख ८४ हजार रहेको जनाएको छ । अन्य मुलुकहरूभन्दा बढी संक्रमित रहे पनि अमेरिकी राज्यहरूले लकडाउन खुकुलो बनाउने योजना बनाइरहेका छन् ।


ADVERTISEMENT

# # #


यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेरिल्यान्डका गभर्नरलाई दक्षिण कोरियाबाट कोरोना भाइरस टेस्ट किट आयात गरेकोमा आपत्ति जनाएका छन् ।

प्रेस व्रिफिङमा ट्रम्पले सबै राज्यमा पर्याप्त टेस्क किटको सुविधा हुँदाहुदै किन दक्षिण कोरियाबाट टेस्ट किट खरिद आवश्यक नभएको बताएका हुन् । उनले दक्षिण कोरिया जानु जरुरत नभएको भन्दै जानकारीको जरुरत रहेको टिप्पणी गरेका बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राज्य सरकारले कोरोना भाइरसको जोखिम कम गर्न जारी गरिएको लकडाउनको पनि बिरोध गर्दै आएका छन् ।