काठमाडौँ — कोभिड–१९ को संक्रमणबाट बच्न सरकारले लकडाउन घोषणा गरेकै अवधिमा पनि वाणिज्य बैंकहरुमा कुल ४९ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । लकडाउनका कारण बैंक तथा वित्तीय संस्था बन्द छन् ।


ADVERTISEMENT


सीमित बैंकिङ कारोबारका लागि मात्र दैनिक ३ घण्टा केही शाखा खुलेका छन् । ग्राहक धेरै कम छन् । संक्रमणकालीन अवधिमा पनि २७ वटा बैंकमा झन्डै ५० अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । फागुनमा ती बैंकमा कुल ७४ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो ।


ADVERTISEMENT

# # #