काठमाडौं- लकडाउनका कारण नेपालमा अलपत्र परेका १८ जना माल्दिभ्सका नागरिकलाई नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज एयरबस ए–३२० ले बंगलादेशको ढाकासम्म पुर्‍याइदिने भएको छ ।


ADVERTISEMENT


निगमको संस्थागत विभागकी निर्देशक अर्चना खड्काका अनुसार निगमको जहाज आइतबार १० बजे काठमाडौंबाट ढाका उड्ने छ । ढाकाबाट ती १८ जना अर्को विमानबाट माल्दिभ्सस्थित माले अन्तर्राष्ट्रिय विमानस्थलका लागि उड्ने भनिएको छ ।


ADVERTISEMENT

# # #


निगमले काठमाडौंमा रहेको माल्दिभ्सको दुताबासको अनुरोधमा यो चार्टर उडान गर्न लागेको हो । निगमको जहाज ढाकाबाट रित्तै फर्किने छ ।

यसअघि वैसाख २ गते निगमले चार्टर उडानबाट काठमाडौंमा अलपत्र परेका ३४ जना ब्राजिलका नागरिकलाई पनि दिल्लीसम्म पुर्‍याइदिएको थियो ।

लकडाउन यता २५ वटा अन्तर्राष्ट्रिय चार्टर उडानबाट ४१ सय ५४ जनाको उद्धार भइसकेको छ ।