काठमाडौँ – नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अधिकारीलाई  शपथ ग्रहण गराएका छन् ।


ADVERTISEMENT


सर्वोच्च अदालतमा आज आयोजना गरेको कार्यक्रममा प्रधानन्यायाधीश जबराले नवनियुक्त गभर्नर अधिकारलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।


ADVERTISEMENT

# # #


सरकारले सोमबार अधिकारीलाई गभर्नरमा नियुक्त गरेको थियो । उनको कार्यकाल पाँच वर्षको हुनेछ ।