काठमाडौं – नेपाल लेखापढी कानुन व्यवशायी महासंघले कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा सहयोग रकम जम्मा गरेको छ ।


ADVERTISEMENT


महासंघका केन्द्रीय अध्यक्ष सिताराम दाहालले हिमालय पोष्टलाई दिएको जानकारी अनुसार सरकारले स्थापना गरेको कोषमा मंगलबार २ लाख रुपैयाँ जम्मा गरिएको हो ।


ADVERTISEMENT

# # #


‘विश्वभर संकट ल्याईरहेको कोरोनाको प्रकोपबाट नेपाल र नेपाली जनताहरू बच्न र बँचाउन सकियोस भनेर सहयोग गरेका हौं’ अध्यक्ष दाहालले भने ‘हामी सबै नेपालीहरूको आत्मविश्वास, ऐक्यवद्धता र सचेतनाले रोगविरुद्धको लडाई जित्न सक्छौं ।’

अध्यक्ष दाहालले सरकारले आह्वान ह्वान गरेको लक डाउनलाई पालना गर्न सबैमा अनुरोध गरेका छन् । उनले परीक्षणको दायरा बढाउँदै देश रोगको जोखिमबाट मुक्त छ भन्ने प्रत्याभूति दिलाउन सरकारलाई आग्रग्रह समेत गरेका छन् ।