गोविन्द ढकाल, सीईओ, गरिमा विकास बैंक

लक डाउनका समयमा पनि म नियमित कार्यालय गईरहेको छु । अत्यावश्यक सेवाका रुपमा हामीले हाम्रा शाखाहरुबाट ग्राहकहरुलाई सेवा दिई नै रहेका छौं । तर प्रशासनका कारण भने बैंकका शाखाहरु खोल्न अन्योलको अबस्था छ । ‘सम्भव भए सम्म’ खोल्ने भन्ने सरकारी कुराले अन्यौल भएको छ । स्थानीय सरकार र प्रशासनका कारण कहिले खोल्ने र कहिले बन्द गर्ने गर्नुपरेको छ ।


ADVERTISEMENT


एक त ग्राहकहरुलाई शाखासम्म आउन पनि समस्या छ । सरकारको एउटै स्पष्ट नीति नहुँदा हामीलाई बैंकहरु सञ्चालन गर्न अन्यौल भएको छ ।


ADVERTISEMENT

# # #


केन्द्र सरकार, प्रदेश र स्थानीय सरकारको एउटै भनाई हुनुपर्यो लक डाउनका बेला बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनका बिषयमा । कहिले सञ्चालन गर्न दिने भन्ने अनि कहिले मिल्दैन भन्ने कुराले गर्दा अन्यौलता ल्याएको छ । यस्मा सरकार स्पष्ट हुनुपर्यो । हामी यो संबेदनशील अवस्थामा पनि ग्राहकहरुको सेवाप्रति कटिबद्ध छौं ।

अहिले बिश्वमा कोरोना भाईरसको सन्त्रास फैलिरहेको छ । यस्बाट सबै नेपालीहरु थप सचेत हुनुपर्ने अवस्था छ । नेपालमा प्रकोप फैलिएको छैन भनेर ढुक्क हुने अवस्था छैन । युरोप अमेरिका जस्तो अवस्था भयो भने सम्हाल्न सक्ने अवस्थामा नेपाल छैन । यस्कारण, सुरुकै अवस्थामा हामी सचेत भएर सुरक्षित रहनुपर्छ ।

कार्यालयका अलवा घरमा रहेर समाचारहरु पढ्ने, अनलाईनहरु हेर्ने, किताबहरु पढ्ने काम गरिरहेको छु । यसरी नै सबै नेपालीहरुले लक डाउनलाई पालना गर्दै आँफु सुरक्षित हुने र सबैलाई सुरक्षित बन्ने वातावरण बनाउनु पर्नेछ । यस्का लागि सबै सचेत भएर जो जहाँ रहनु भएको छ, त्यहीँ रहेर सामाजिक दूरी राख्ने अनुशासनको पालना गनुपर्नेछ । यसमा सबै एक भएर लागौं र संक्रमणबाट बँचौं अनि सबैलाई बचाउँ ।

(विकास बैंकर्स एशोसिएशनका अध्यक्ष समेत रहेका सीईओ ढकालसंग हिमालय पोष्टले गरेको टेलिफोन संवादमा आधारित)