गोरखा – पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीमा बस दुर्घटना भएको छ । बस ऐनापहराबाट मर्स्याङ्दी नदीमाखस्दा तीन जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।


ADVERTISEMENT


पोखराबाट नेपालगञ्जतर्फ जान आउँदै गरेको ना५ख ४२९४ नम्बरको बस आइतबार साँझ सडकबाट करिब एक सय मिटर तल रहेको मर्स्याड्दी नदीमा खसेको ट्राफिक प्रहरी चौकी आँबुखैरेनीले जनाएको छ । घुटनामा मृतकको सनाखत भने भएको छैन । उद्धार कार्य जारी छ ।


ADVERTISEMENT

# # #


बसमा के कति संख्यामा यात्रु सवार थिए भन्ने एकिन नभएको र घटनाको थप विवरण आउन बाँकी छ ।