काठमाडौं । मन्त्रिपरिषद्को भर्खरै सकिएको बैठकले भारत र चीनतर्फका सबै सीमा नाका भोलि विहान १० बजेबाट एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


यस्तै, सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न ५० करोड रुपैयाँ राखेर केन्द्रीय राहत कोष खडा गरेको छ ।


ADVERTISEMENT

# # #


सो कोषमा प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्ने निर्णयसमेत भएको बताईएको छ । सो कोषमा सहयोग गर्न सरकारले आह्वान समेत गरेको छ ।