रियाद — साउदी अरबले आजदेखि दुई हप्ताका लागि सबै अन्तर्राष्ट्रिय उडानमाथि प्रतिबन्ध लगाउने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको रोकथाम र नियन्त्रणका लागि भन्दै साउदी अरबको आन्तरिक मामिला मन्त्रालयले शनिबार अन्तर्राष्ट्रिय उडानमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो । साउदी प्रेस एजेन्सीका अनुसार प्रतिबन्ध आइतबार स्थानीय समयअनुसार बिहान ११ बजेबाट लागू हुनेछ ।


ADVERTISEMENT


दुई हप्ताको अवधिमा विशेष परिस्थिति आएमा भने प्रतिबन्ध नलगाइने साउदी अधिकारीले जानकारी दिएका छन् । यस अवधिका स्वदेश फर्कन नसक्नेका लागि साउदीले बिदा दिने पनि जनाएको छ । साउदी स्वास्थ्य मन्त्रालयले आन्तरिक मामिला मन्त्रालय, नागरिक उड्डयन मन्त्रालय र सरोकारवाला निकायसँग छलफल गरेर घर फर्कन चाहने नागरिकलाई के गर्ने भन्ने व्यवस्था गर्ने बताएको छ ।


ADVERTISEMENT

# # #


यसअघि साउदी अरबले युरोपेली युनियनअन्तर्गतका सबै र एसिया र अफ्रिकाका १२ वटा देशका यात्रुलाई प्रवेशमा रोक लगाइसकेको छ ।

साउदी अरबमा ८६ जनामा संक्रमण देखिएको छ । साउदी अरबमा झन्डै ४ लाख नेपाली नागरिक कार्यरत छन् ।