काठमाडौं- ‘कोरोना’को संक्रमण हुन नदिन सरकारले विभिन्न देशको ‘अनअराइभल भिसा’मा रोक लगाउनुका साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि स्वास्थ्य जाँचलाई बलियो बनाएको छ । विमानस्थलमा छुट्टै ‘हेल्थ डेस्क’को स्थापना गरी नेपाल भित्रिने सबै यात्रीहरुको स्वास्थ्य जाँच तथा ८ देशबाट भित्रिने नागरिकलाई भने कोरोना नभएको प्रमाणपत्र बुझाएपछिमात्रै नेपाल भित्रिन सक्ने व्यवस्था शनिबारबाट लागू गरेको हो ।


ADVERTISEMENT


सरकारले नेपालमा कोरोनाभाइरसको संक्रमण फैलन नदिनका लागि विभिन्न देशको अनअराइभल भिसामा रोक लगाउनुका साथै विदेशबाट फर्किने नेपाली वा विदेशीलाई ‘सेल्फ क्वारेन्टाइन’मा बस्नको लागि निर्देशन जारी गरेको छ ।


ADVERTISEMENT

# # #


विश्वभर १६५ बढी देशमा फैलिइसकेको यो भाइरसबाट बच्न नेपाल सरकारले विमानस्थलको स्वास्थ्य जाँच बलियो बनाउनुका साथै प्रभावित देशबाट फर्किने जोसुकैले पनि कोरोना नभएको प्रमाणपत्र पेस गरेपछिमात्रै नेपाल भित्रिन सक्ने व्यवस्था गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलले जनाएको छ । शनिबारदेखि फ्रान्स, जर्मनी स्पेन, इरान इटाली, कोरिया, चीन, ताइवान, मकाओजस्ता ८ देशका नागरिकले कोरोना नभएको प्रमाणपत्र पेस गरेपछिमात्रै नेपाल भित्रिन सक्ने व्यवस्था गरेको छ ।

विमानस्थलमा जुनसुकै देशबाट आउने प्रत्येक यात्रीलाई व्यक्तिगतरुपमा ‘स्क्रिनिङ’ गरिँदै आएको छ ।