काठमाडौँ – प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको पत्र आदेश अनुसार ५२ जना ट्राफिक प्रहरी जवान हवल्दारमा बढुवा भएका छन् ।


ADVERTISEMENT


बढुवा भएका ५२ जना प्रहरी हवल्दारहरुलाई शुक्रबार महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले एक कार्यक्रमका बीच दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।


ADVERTISEMENT

# # #


उक्त अवसरमा ढकालले पदोन्नती भएका प्रहरी हवल्दारहरूलाई बधाई तथा शुभकामना दिँदै पदोन्नती वृत्ति विकासको महत्वपूर्ण पाटोको रुपमा रहेको र जेष्ठता, कार्यक्षमता, कार्यक्षेत्रमा प्रदर्शन गरेको व्यावसायिकता, अनुशासन र ईमान्दारिताको मुल्यांकन गर्दै पदोन्नती गरिएको बताए ।

उनले अनुशासन तथा ईमान्दारिता फौजीको सबैभन्दा ठूलो गहना रहेको चर्चा गर्दै आफ्नो जिम्मेवारीमा रहेर कार्यक्षेत्रमा उत्तरदायित्व वहन गरी आगामी दिनमा अझै परिस्कृत हुँदै राष्ट्र र नागरिकको सेवा, सुरक्षा र ट्राफिक व्यवस्थापन कार्यमा सकृय रहन निर्देशन समेत दिए ।

त्यस्तै, सोहि अवसरमा महाशाखाका प्रवक्ता प्रहरी उपरिक्षक जीवन कुमार श्रेष्ठले ट्राफिक व्यवस्थापनमा यसअघि जस्तै आगामी दिनहरुमा पनि त्रुटीरहित ढंगले सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न सामूहिक भावनाका साथ तल्लीन रहन निर्देशन दिए ।

कार्यक्रममा महाशाखाका प्रहरी अधिकृत तथा जवानहरूको समेत उपस्थिति रहेको थियो।