काठमाडौँ – एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्गमा रहेको ‘क्यूआर कोड स्क्यान’ गरी कारोबार गर्ने ग्राहक तथा मर्चेन्टहरूलाई लक्षित गर्नै नयाँ अफर ल्याएको छ ।


ADVERTISEMENT


बैँकले ‘जति धेरै स्क्यान एण्ड पे, त्यति धेरै पैसा’ नामक नगद उपहारको अफर योजना ल्याएको छ । यो योजना अवधिभर मर्चेन्टहरूले १५ हजार रूपैयाँसम्म र ग्राहकले १ हजार ५ सय रूपैयाँसम्म नगद प्राप्त गर्न सक्नेछन् । साथै, लक्की ड्र मार्फत पाँच जना भाग्यमानी मर्चेन्टहरूले एक वर्षको लागि निःशुल्क इन्टरनेट प्याकेज प्राप्त गर्न सक्ने बैँकले जनाएको छ ।


ADVERTISEMENT

# # #


यो योजना अन्तर्गत ग्राहकहरू तथा मर्चेन्टहरूले चैत १ (शनिबार) देखि एक महिनासम्म मोबाइल बैंकिङ्ग मार्फत कारोबार गर्नुपर्ने बैंकको प्रमुख सर्त रहेको छ । बैंकले डिजिटल भुक्तानी सम्बन्धी अन्य थुप्रै योजनाहरू ल्याउदै आएको छ भने आगामी दिनहरूमा समेत यस्तै प्रकारका योजनाहरूलाई निरन्तरता दिनेछ ।

यस किसिमका योजनाहरूले आमजनमानसलाई डिजिटल बैंकिङ्गप्रति आकर्षित गर्ने तथा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नुका साथै नेपाल सरकारको ‘डिजिटल नेपाल २०२०’ को लक्ष्यलाई समेत टेवा पु¥याउने बैंकले विश्वास लिएको छ ।