काठमाडौं – एसीसी इस्टर्न रिजन टी २० अन्तर्गतको खेलमा हङकङले नेपाललाई १५५ रनको लक्ष्य दिएको छ । बैंककस्थित टेर्डथाई क्रिकेटमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको हो ।


ADVERTISEMENT


हङकङका लागि ओपनर निजाकात खानले सर्वाधिक ४८ रन बनाए । यस्तै कप्तान अइजज खानले २८, हारुन अर्सदले २७, ओपनर साहिद वासिफले २६ र जेमी एटकिनसनले १७ रन जोडे । नेपालका लागि सन्दीप लामिछाने र सुशन भारीले २–२ विकेट लिए। ४ ओभरमा सन्दीपले २५ र सुशनले ३७ रन खर्चिए । यस्तै कुशल मल्लले ३ ओभरमा १६ रन खर्चेर १ विकेट लिए ।


ADVERTISEMENT

# # #


यसअघि नेपाल मलेसिया्विरुद्ध २२ रनले पराजित भएको थियो । त्यसैले आजको खेल जित्नैपर्ने दबावमा नेपाल छ ।

नेपाल र हङकङबीचको खेल लाईभ हेर्नुहोस् ।

https://fancode.com/match/22257