बैतडी  – स्कारपियो दुर्घटना हुँदा  आज बिहान ८ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते हुनेमा दार्चुलाको महाकाली नगरपालिकाका ४८ वर्षीय विष्णुदत्त भट्ट रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।


ADVERTISEMENT


घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । धनगढीवाट दार्चुला जादैं गरेको बा १३ च ३१८० नम्बरको स्कारपियो महाकाली राजमार्ग अन्र्तगत बैतडीको दोगडाकेदार ५ ढिकगाडमा बिहान साढे ५ बजे दुर्घटनामा परेको हो ।


ADVERTISEMENT

# # #


स्कारपियो सडकवाट १५ मिटर तल खसेको छ । चालक निदाएकोले दुर्घटना भएको हुनसक्ने बैतडीले प्रहरीले जनाएको छ ।