एजेन्सी – घरेलु टोली दक्षिण अफ्रिकाविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा अष्ट्रेलिया पराजित भएको छ । शनिबार राति भएको खेलमा अष्ट्रेलिया दक्षिण अफ्रिकासँग ७४ रनले पराजित भएको हो ।


ADVERTISEMENT


दक्षिण अफ्रिकाले दिएको २ सय ९२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलिया ४५ ओभर १ बलमा अलआउट हुँदै २ सय १७ रनमा समेटियो । अष्ट्रेलियाका लागि स्टिभ स्मिथले ७६ रनको अर्धशतकीय इनिङ्स खेल्दा मार्नुसले ४१ रन बनाए । डेभिड वार्नर २५ रनमा आउट भए ।


ADVERTISEMENT

# # #


दक्षिण अफ्रिकाका लुंगी नेग्दीले ३ विकेट लिए । यस्तै एन्रीच नोर्टेज र ताब्रेईज शामीले २र२ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ९१ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि हेन्रिच क्लासेनले अविजित रहदै १ सय २३ रनको शतकीय इनिङ्स खेले । डेभिड मिलरले ६४ रन जोड्दा केली भेरिनेले ४८ रन बनाए । अष्ट्रेलियाका पाट कुमिन्सले ३ तथा मिचेल स्टार्कले २ विकेट लिए । जितसँगै दक्षिण अफ्रिकाले ३ खेलको सिरिजमा १- ० को अग्रता बनाएको छ ।