सुर्खेत – कर्णाली प्रदेश सरकारले कृषकलाई सात प्रतिशत ब्याज अनुदान दिने व्यवस्था गरेको छ ।


ADVERTISEMENT


भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले व्यावसायिक कृषि तथा पशुपंक्षी पालन व्यवसायको लागि ब्याज अनुदान कार्यक्रम कार्यविधि बनाएर कृषकहरुलाई एक करोडसम्मको ऋणमा सात प्रतिशत ब्याज अनुदान पाउने गरी व्यवस्था गरिएको छ । मन्त्रालयले चालु आर्थिक वर्षमा ब्याज अनुदान कार्यक्रम सञ्चालन गर्नका लागि तीन करोड बजेटको व्यवस्था गरेको छ ।


ADVERTISEMENT

# # #


भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले ठूला कृषकहरुका लागि ब्याज अनुदान कार्यक्रम ल्याइएको बताउनुभयो । उहाँले नेपाल राष्ट्र बैंकसँग समन्वय गरेर कर्णालीका सबै बैंकबाट कृषकहरुले ऋण पाउने व्यवस्था गरिने जानकारी दिनुभयो । यस कार्यक्रम अन्तर्गत कृषकहरुले बैंकमार्फत पाँच वर्षसम्मका लागि एक करोडसम्मको ऋणमा सात प्रतिशत ब्याज अनुदान पाउनेछन् ।

ब्याज अनुदान पाउनका लागि ऋण लिँदा फर्म तथा उद्योग दर्ता गरेको, विस्तृत परियोजना प्रस्ताव पेस गर्नुपर्न छ । कार्यविधिका अनुसार र सङ्घीय सरकारबाट त्यही व्यवसायको लागि ब्याज अनुदान पाएका कृषकले भने प्रदेश सरकारको ब्याज अनुदान पाउने छैनन् ।