एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आजबाट भारतको दुईदिने भ्रमण गर्दैछन् । श्रीमती मेलानियासँगै भारततर्फ उड्नुअघि उनले भारत पुग्न आफू आतुर भएको प्रतिक्रिया पत्रकारहरुलाई दिएका छन् ।


ADVERTISEMENT


उनले भनेका छन्, ‘म भारतका कराडौं जनतासँग भेट्न उत्सुक छु । प्रधानमन्त्री मोदी मेरो साथी हुन् । उनीसँग मेरो राम्रो सम्बन्ध छ । मैले धेरै पहिले नै भारत भ्रमण गर्ने वाचा गरेको थिएँ । अब म भार जान उत्साहित छु ।’


ADVERTISEMENT

# # #


सोमबार अहमदाबादमा आयोजना हुने ‘नमस्ते ट्रम्प’ समारोहमा उनी सहभागी हुने छन् । सो समारोहमा लाखौं भारतीय नागरिक सहभागी हुने र त्यसलाई ट्रम्पले सम्बोधन गर्ने बताइएको छ ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पलाई स्वागत गर्न आफू आतुर भएको बताएका छन् । मोदीले भनेका छन्, ‘यो सम्मानको कुरा हो कि उनी सोमबार हामीसँग हुनेछन् । अहमदाबादमा ऐतिहासिक कार्यक्रमबाट भ्रमण सुरु हुनेछ ।’

यसैबीच भारतको प्रमुख प्रतिपक्षी कांग्रेस पार्टीले मोदी भ्रमणको पूर्वसन्ध्यामा दर्जन बढी प्रश्नहरु उठाएको छ ।

कांग्रेसका प्रवक्ता रणदीप सिंह सुरजेवालाले अमेरिका र तालिबानबीच शान्ति सम्झौता हुन लागेको प्रसंग झिक्दै पत्रकारहरुसँग भनेका छन्, ‘भारतले यो कुरा भुल्न हुँदैन कि भारतको विमानलाई तालिवानले नै अपहरण गरेर कान्धाहारमा ओरालेको थियो, जसका कारण भारतले मसुद अजहरलाई रिहा गर्नु परेको थियो ।’