ललितपुर र भक्तपुरमा भएका दुर्घटनामा तीन जनाको मत्यु भएको छ ।  बिहान ४ बजेतिर ललितपुरको बालकुमारीमा मोटरसाइकल सडकको रेलिङमा ठोक्किंदा दुई जनाको ज्यान गएको छ । बा ३८ प ८३५७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक काठमाण्डौ लाजिम्पाटका दिवसकिशोर भट्टराई र मोटरसाइकलको पछाडि बसेकी ललिता राईको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते दुबै जनाको उपचारको क्रममा बीएण्डबी अस्पतालमा ज्यान गएको हो ।


ADVERTISEMENT


यस्तै हिजो बेलुकी भक्तपुरको च्यामासिंहमा ट्रकको ठक्करबहाट घाइते भएका पैदलयात्रीको उपचारको क्रममा राती ज्यान गएको छ । ट्रकको ठक्करबहाट ११ वर्षीय बालक तिलक मकाजुको ज्यान गएको प्रहरीले जनाएको छ । बालकलाई ठक्कर दिने बा ३ क ३५८८ नम्बरको ट्रकका चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #