काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले आज अमेरिकाविरुद्ध खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले अमेरिकाविरुद्ध टस हारेपछि ब्याटिङ गरिरहको छ ।


ADVERTISEMENT


जारी सिरिजमा आफ्नो पहिलो खेलमा ओमानविरुद्ध होरेका नेपाल र अमेरिका आज पहिलो जितको खोजीमा रहेका छन् ।


ADVERTISEMENT

# # #


नेपालका लागि आज कुशल मल्ले डेब्यू गरेका छन् । यसअघि टी २० अन्तर्राष्ट्रियमा नेपालका लागि डेब्यू गरिसकेका उनी एकदिवसीयमा भने डेब्यूको पर्खाइमा रहेका थिए । यस्तै अनुभवी ब्याट्सम्यान शरद भेषावकर चोटका कारण सिरिज बाहिरिएका छन् । उनका स्थानमा विकेटकिपर सुवास खकुरेल आएका छन् ।

शरदले जारी सिरिजको पहिलो खेलमा ओमानविरुद्ध अर्धशतक प्रहार गरेका थिए ।

नेपाली टिममा आज दुई खेलाडी परिवर्तन गरिएको छ । शरदको ठाउँमा सुवास खकुरेल आएका छने भने रोहित पौडललाई कुशल मल्लले स्थानान्तरण गरेका छन् ।
ताजा अवस्थामा नेपालले २८ ओभरमा ५ विकेट गुमाएर ९३  रनबनाएको छ । नेपालका लागि सुवास खकुरेलले ३ रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले २१ रन बनाएर आउट भए ।

यस्तै पारस खड्काले १९ रन हान्दा दीपेन्द्र सिंह ऐरी शुन्य र आरिफ शेख २ रानमा आउट भए ।

क्रिजमा कुशल मल्ल २६ र विनोद भण्डारी १७ रन बनाएर खेलिरहेका छन् ।