काठमाडौं –  सहिद स्मारक ए डिभिजन लिगको ११ औं चरणको अन्तिम दिन आज तीन खेल हुँदैछन् । आज एन्फा कम्प्लेक्स सातदोबाटोमा दुई खेल हुनेछन् भने एक खेल सशस्त्र प्रहरी बलको हल्चोक मैदानमा हुनेछ । जारी लिगमा पहिलो पटक हल्चोक मैदानमा खेल हुन लागेको हो ।


ADVERTISEMENT


आज बिहान हिमालयन शेर्पा क्लब र च्यासल युथ क्लब भिड्नेछन् । यस्तै दोस्रो खेलमा जावलाखेल युथ र फ्रेन्ड्स क्लब आमुने सामुने हुनेछन् ।


ADVERTISEMENT

# # #


यता, तेस्रो खेलमा साविकको विजेता मनाङ मस्र्याङ्दी र न्युरोड टिम एन आर टी भिड्नेछन् ।

शेर्पा र च्यासलबीचको खेल विहान साढे ११ बजे एन्फामा हुनेछ । यस्तै जावलाखेल र फ्रेन्ड्सविचको खेल दिनको ३ बजे एन्फामानै हुनेछ । मनाङ र एनआरटीबीचको खेल भने ३ बजे हल्चोक मैदानमा हुनेछ ।