एजेन्सी – रोबर्ट लेवान्डोस्की चम्किएको खेलमा बार्यन म्युनिख जर्मन कपको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा बार्यनले होफिनहमलाई ४–३ गोल अन्तरले पराजित गर्यो ।


ADVERTISEMENT


लेवान्डोस्कीले सिजनको ३४ औ र ३५ औ गोल गर्दै बार्यनलाई महत्वपूर्ण जित दिलाए । पोल्याण्डका फरवार्डले पहिलो र दोस्रो हाफ दुवैमा एक एक गोल गरेका थिए ।


ADVERTISEMENT

# # #


सुरुवाती गोल बार्यनका जेरोमी बोटेङ्ग र होफेनहमका बेन्जामिन हुबनरले आत्मघाति गरे । लगत्तै थोमस मुलरले गोल गर्दै बार्यनलाई अगाडी बढाएका थिए ।

मुनास डाबरले दुई गोल गर्दै होफेनहमलाई खेलमा फर्काउने कोशिश गरेपनि सफल हुन सकेनन् । लेवान्डोस्कीले २९ खेलमा ३५ गोल गर्दै जारी  सिजनमा आफुलाई उत्कृष्ट फर्ममा राखेका छन् । पछिल्ला चार खेलमा उनले निरन्तर गोल गरेका छन् ।