काठमाडौँ – विश्वकप क्रिकेट लिग–२ अन्तर्गत तेस्रो सिरिज खेल्न नेपाल आएका ओमान र अमेरिकाले आज प्रतिस्पर्धा गर्दैछन् ।


ADVERTISEMENT


अमेरिका ८ खेलमा ६ जित हात पार्दै १२ अंकका साथ तालिकाको शिर्ष स्थानमा छ । ओमान ७ खेलमा ५ जित सहित १० अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।


ADVERTISEMENT

# # #


ओमानले भने दोस्रो सिरिजको दुई खेल गुमाएको थियो । उसको राजाको निधनका कारण दोस्रो सिरिजको अन्तिम २ खेल खेलेको थिएन ।

सिरिज खेल्न नेपाल आएका दुवै टिमको लक्ष्य सबै खेलमा जित निकाल्दै शीर्ष स्थानमा रहनु हो । खेल कीर्तिपुर मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ । नेपाल भ्रमणमा ओमानले एक खेलिसकेको छ । अमेरिका भने पहिलो खेल खेल्न लागेको हो ।