काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगमा आज एनआरटी र फ्रेण्ड्स क्लबबीच प्रतिष्पर्धा हुँदैछ । एन्फा मैदान सातदोबाटोमा दिउँसो हुने खेलमा दशौं चरणका अन्तिम खेल हुन लागेको हो ।


ADVERTISEMENT


१५ अंकसहित लिगको पाँचौं स्थानमा रहेको एनआरटीले नौ खेलमध्ये पाँचमा जित हात पारेको छ भने दुई खेल बराबरी र दुईमा हार भोगेको छ ।  ११ अंक सहित दशौं स्थानमा रहेको फ्रेण्ड्सले भने तीन खेलमा जित, दुईमा बराबरी र चारमा हार भोगेको छ ।


ADVERTISEMENT

# # #