केन्याको एक प्राथमिक विद्यालयमा भागदौड हुँदा कम्तिामा १४ जना विद्यार्थीको मृत्यु भएको छ । राजधानी नैरोबीको उत्तर पश्चिममा रहेको काकामेगा प्राथमिक विद्यालयमा स्थानीय समय अनुसार साँझमा भएको भागदौडमा अन्य ४० भन्दा बढी बालबालिका घाइते भएको समाचारमा जनाइएको छ ।


ADVERTISEMENT


सानो भर्‍याङबाट सबै विद्यार्थी एकै पटक निस्क्न खोज्दा भागदौड भएको हुन सक्ने अधिकारीहरुले आंशंका गरेका छन् । त्यहाँले राष्ट्रिय दैनिकले भने तेस्रो तल्लाबाट एक विद्यार्थी खसेपछि भागदौड भएको पनि बताइएको छ ।


ADVERTISEMENT

# # #


तर घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।