काठमाडौँ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री जनार्दन शर्मा र आपूर्ति मन्त्री शिवकुमार मण्डलसहित सप्तरी पुगेका छन्।


ADVERTISEMENT


बाढीले सवैभन्दा बढी क्षति पुर्‍याएको सप्तरीबासीको अवस्था, उद्धारकार्य, राहत वितरण लगायतबारे जानकारी लिन अध्यक्ष दाहाल पार्टीका दुई मन्त्रीसहित सप्तरी पुगेका हुन्। राजविराजसम्म हेलिकोप्टरमा गएका दाहालले हनुमाननगर कन्काई नगरपालिका– १२ का बाढी पीडित मुसहर समुदायलाई राहत वितरण गरेका छन् ।


ADVERTISEMENT

# # #


राहत वितरण सकिएपछि सरकारले पुनः स्थापनाको काम सुरु गर्ने सत्तासाझेदार दल माओवादी केन्द्रका अध्यक्ष दाहालको प्रतिबद्धता थियो । सप्तरीमा ७० परिवार मुसहर छन् । दाहालसहितका नेताहरुले खाँडो खोलामा बाँध बाध्ने क्रममा बेपत्ता भएका राजविराज १५ का डोमी यादवको परिवारलाई पनि भेट गरेका छन् ।