लहान– सगरमाथा अञ्चल यातायात व्यवस्था कार्यालय सिरहाले आर्थिक वर्ष २०७३/७४ मा १३ हजार नयाँ सवारी साधन दर्ता गरेको छ ।


ADVERTISEMENT


सबैभन्दा बढी मोटरसाइकल १० हजार ७८७ वटा, ट्याक्टर एक हजार १८, सिटी रिक्सा ९०८, जिप/पिकप भ्यान २१६, बस ३१ तथा एम्बुलेन्स २७ वटा दर्ता भएको कार्यालय प्रमुख ओमकारप्रसाद न्यौपानेले जानकारी दिए।


ADVERTISEMENT

# # #


नयाँ सवारी साधन दर्ता, नवीकरणर सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट कार्यालयले रु २६ करोड २४ लाख ४४ हजार राजश्व संकलन गरेको छ । आव २०७२/७३ मा सो कार्यालयमा १३ हजार ७४० सवारी साधन दर्ता भई रु १५ करोड २६ लाख २१ हजार राजश्व संकलन भएको थियो ।

आव २०७३/७४ मा कार्यालयले ५१६ जनालाई सवारी चालक अनुमतिपत्र वितरण गरेको थियो । सगरमाथा अञ्चल कार्यालयले सिरहासँगै सप्तरी, उदयपुर, ओखलढुङ्गा, खोटाङ र सोलुाखुम्बु जिल्लाका सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ ।