चितवन– गत शुक्रबार रातिदेखि आएको बाढीका कारण जिल्लाको सौराहा, जगतपुर र मेघौलीमा रहेका करिब १२० वटा पर्यटकीय होटलमा रु १५ करोड बराबरको क्षति भएको छ ।


ADVERTISEMENT


क्षेत्रीय होटल संघ सौराहाका अनुसार ती होटलका विस्तारा, कटेज, कार्पेटदेखि गाडी, ग्यास सिलिण्डर, मोबाइल, गोदामका खाद्यान्न, ल्यापटप, कम्प्युटर, पर्खाल, बगैँंचा लगायतमा क्षति पुगेको छ ।


ADVERTISEMENT

# # #


संघका अध्यक्ष सुमन घिमिरेका अनुसार सौराहाका ११० होटलमा मात्रै रु १३ करोड ५० लाख बराबरको क्षति भएको छ । कम क्षति भएका १५ वटा होटल आजबाट नै सञ्चालनमा आउन लागेका र अन्य एक साताभित्रमा सञ्चालनमा आउने उनले बताए । यद्यपि राप्ती किनारमा रहेका होटल र पव भने सञ्चालन गर्न केही समय लाग्ने उनको भनाइ छ ।

होटलमा करिब ६०० पर्यटक रहेका बेला राप्ती र बूढीराप्तीको बाढी पसेपछि सौराहाका होटल डुबानमा परेका थिए । संघले जारी गरेको विज्ञप्तिमा होटलमा रहेका पर्यटकको सक्रियता र स्थानीय होटल व्यवसायीको सचेतनाका कारण मानवीय क्षति हुन नपाएको उल्लेख छ ।

विज्ञप्तिमा भूकम्प, नकाबन्दी हुँदै नारायणगढ–मुग्लिन सडकको कारण पर्यटकको आगमनमा कमी हुँदा आर्थिक भार व्यहोरिरहेका व्यवसायीलाई बाढीले थप क्षति पु¥याएको उल्लेख गर्दै व्यवसायीको बैंक ऋणको ब्यजदरमा सहुलियत दिन सरकारसँग माग गरिएको छ ।

बाढीले वन्यजन्तुसमेत बगाएको भन्दै संरक्षणका लागि तत्काल सरकारी टोली गठन गरी आवश्यक पहल गर्न विज्ञप्तिमा आग्रह गरिएको छ । रासस