एजेन्सी- बेलायत, युरोपेली सङ्घ (इयू) औपचारिक रुपमा बाहिरिएको छ । बेलायतले शनिबार बिहानदेखि इयूसँगको ४७ वर्ष लामो आवद्धता तोडेको हो । प्रधानमन्त्री बोरिस जोन्सनले भिडियो सन्देशमार्फत अब नयाँ बिहानी आउने बताउनुभएको छ ।


ADVERTISEMENT


उहाँले अब देशलाई एक ढिक्का बनाएर अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । बेलायत इयूबाट औपचारिक रुपमा बाहिरिएसँगै बेलायतले युरोपियन युनियनको झण्डा तल झारेको छ ।  सङ्घको सदस्यता त्यागे पनि धेरैजसो कानून अहिलेकै कायम रहने र अब सङ्क्रमणकाल रहने भएकाले खासै ठूला परिवर्तन भने तत्कालै नदेखिने बीबीसीले जनाएको छ ।


ADVERTISEMENT

# # #


सङ्घबाट अलग हुने कि नहुने भन्नेबारेमा बेलायतमा राजनीतिक खटपट चलिरहेको थियो। यसबारेमा गरिएको जनमत सङ्ग्रहमा बेलायती नागरिकरले सङ्घबाट अलग हुनुपर्ने पक्षमा मतदान गरेका थिए ।