काठमाडौं – नेपाल क्रिकेट संघ क्यानले एसीसी ईस्टर्न रिजन पुरुष टी ट्वान्टी कपका लागि प्रारम्भिक राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको छ । १८ सदस्यीय प्रारम्भिक राष्ट्रिय टिमको घोषणा गरिएको हो ।


ADVERTISEMENT


ज्ञानेन्द्र मल्लको कप्तानीमा घोषणा गरिएको टिममा पारस खड्का, उपकप्तान दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी, अभिनास बोहरा, कुशल मल्ल, पवन सरार्फ र सन्दीप जोरा छन् । यस्तै, शेर मल्लले पहिलो पटक स्थान बनाउँदा भुवन कार्की, सुसन भारी, किशोर महतो, लोकेश बम, कमल सिंह ऐरी र रोहित पौडेल टिममा परेका छन् ।


ADVERTISEMENT

# # #


प्रतियोगिता फेब्रुअरी २९ देखि मार्च ६ सम्म थाईल्याण्डमा हुनेछ । प्रतियोगिताको फाईनल पुग्ने टिमले एसिया कपको छनोट खेल्न पाउनेछ । प्रतियोगितामा नेपाल सहित सिंगापुर, हङकङ, मलेसिया, भुटान, चीन र म्यानमार छन् ।

समूह एमा नेपाल सहित थाईल्याण्ड, मलेसिया र म्यानमार छन् । यस्तै, समूह बीमा हङकङ, सिंगापुर, भुटान र चीन छन् । नेपालले पहिलो खेल फेब्रुअरी २९ मा चीनसंग खेल्नेछ । दोस्रो मार्च १ मा थाईल्याण्ड, मार्च ३ मा मलेसियासंग खेल्नेछ ।