एजेन्सी ।


ADVERTISEMENT


जर्मन बुन्डेस लिगा फुटबलमा बोरुसिया डर्टमण्डले सहज जित निकालेको छ । शनिबार भएको खेलमा डर्टमण्डले अग्सवर्गलाई ५-३ गोल अन्तरले पराजित गरेको हो ।


ADVERTISEMENT

# # #


अग्सवर्गको मैदानमा दुई गोलको अग्रता उल्टाएर डर्टमण्डले जित निकालेको हो । डर्टमण्डको जितमा डेब्यु खेलाडी अर्लिङ हालाण्डले ह्याट्रिक गरे ।

नर्वेका १९ वर्षे युवा फरवार्ड हालाण्डलाई डर्टमण्डले जनवरी ट्रान्सफरमा अनुबन्ध गरेको थियो । डर्टमण्डले हालाण्डलाई अष्ट्रियन क्लब रेड्बुल साल्जबर्गबाट क्लबमा भित्र्याएको हो ।

यस्तै जाडोन सान्चो र जुलियन ब्राण्टले एक एक गोल गरे । घरेलु टोलीका फ्लोरियन निडेरलिच्नरले दुई गोल गरे । मार्को रिट्चरले एक गोल गरे ।

जितसँगै डर्टमण्डले १८ खेलमा ३३ अंक जोडेको छ । डर्टमण्ड लिगको चौंथो स्थानमा रहेको छ ।अग्सवर्ग २३ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।