राष्ट्रपतिको आलोचना गरेको अडियो टेप सार्वजनिक भएपछि युक्रेनका प्रधानमन्त्री ओलेक्सी होन्चरुकले पदबाट राजिनामा दिनुभएको छ । होन्चरुकको आवाज भए/नभएको पुष्टी भइनसकेपनि उहाँले पदबाट राजिनामा दिनुभएको हो ।


ADVERTISEMENT


अडियोमा राष्ट्रपति भोलोदिमीर जेलेनेस्कीको अर्थशास्त्रसम्बन्धी ज्ञान आदिम कालको जस्तो भएको र आफूलाई त्यसको राम्रो ज्ञान भएको भनिएको थियो । तर सो अडियो टेप धेरै ठाउँमा सम्पादन भएको र त्यसले गलत अर्थ लगाएको होन्चरुकको दाबी छ ।
टेलिभिजन हाँस्यकलाकार तथा व्यापारी होन्चरुक गत अप्रिलमा प्रधानमन्त्री निर्वाचित हुनुभएको थियो ।


ADVERTISEMENT

# # #