काठमाडौँ- राष्ट्रिय खेलकुद परिषद् (राखेप)को तत्वावधान तथा नेपाल पौडी सङ्घको आयोजनामा बीसौँं राष्ट्रिय पौडी प्रतियोगिता यसै सातादेखि शुरु हुने भएको छ ।


ADVERTISEMENT


आगामी भदौ १ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा एक खेलाडीले चार विधामा मात्र सहभागिता जनाउन पाउने सङ्घकी उपाध्यक्ष तथा आयोजक समिति संयोजक गीता राणाले आज यहाँ आयोजित पत्रकारसम्मेलनमा जानकारी दिए । यसअघि एउटै खेलाडीले १० भन्दा बढी स्पर्धामा प्रतिस्पर्धा गर्दै आएका थिए ।


ADVERTISEMENT

# # #


दुईदिने उक्त प्रतियोगितामा पाँच विकास क्षेत्र, सशस्त्र प्रहरी बल (एपिएफ) नेपाल आर्मी र नेपाल पुलिस गरी आठ क्लबका १३६ खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको पौडी पोखरीमा हुने उक्त प्रतियोगितामा पुरुष तथा महिला खेलाडीले समान १३/१३ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।