काठमाडौँ– केही दिन यताको निरन्तर वर्षाको कारण तराई क्षेत्र डेबानमा परेपछि तत्काल उद्दार तथा राहतका काम अघि बढाउन अनेरास्ववियुले सरकारसंग माग गरेको छ ।


ADVERTISEMENT


अनेरास्ववियुकी अध्यक्ष नविना लामाद्वारा जारी गरिएको विज्ञप्तीमा यथाशिघ्र राहतका काम प्रभावकारी रुपमा सञ्चालन गर्न माग गरिएको छ । । जारी विज्ञप्तीमा भनिएको छ, ‘संकटको यस घडीमा अबिलम्ब प्रभावकारी उद्दार र राहतको काम सञ्चालन गर्न अनेरास्ववियु सरकारसंग माग गर्दछ ।’ नेपाली भूभागमा डुबान हुन नदिनका लागि बाँधका ढोका खोल्न र सीमा क्षेत्रमा एकतर्फी रुपमा बाँधिएका बाँधका कारण तराई क्षेत्रमा वर्षेनी हुने क्षतीको दिर्घकालीन समाधान खोज्न सरकारसंग खनेरास्ववियुले माग गरेको छ ।


ADVERTISEMENT

# # #


साथै बाढी पहिरोका पीडितको उद्दार र राहतको काममा स्वयम्स्वकका रुपमा तत्काल खटिन अनेरास्वविुले आफ्ना सम्पूर्ण नेता कार्यकर्तालाई आह्वान गरेको छ ।

निरन्तरको वर्षाले नदीको सहत बढ्न गई बाढी गाउँमा पस्ता ५० जनाको मृत्यु भइसकेको छ भने दर्जनौ मानिस बेपत्ता भएका छन् ।